बैतडी -कैलालीको गोदावरी बाट बैतडीका २ जना बाघको छाला सहितपक्राउ परेका छन् । प्रहरीले बिशेष सुराकी को आधारमा उनिहरु पक्राउ परेका हुन।
पक्राउ पर्नेमा बैतडी दोगडाकेदारका देब सिँ बिष्ट र पाटन नगरपालिकाका हर्क बहादुर बिष्ट रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
पक्राउ परेकाहरु को साथ बाट पुच्छर सहित को लम्बाई ६फिट ११इन्च, चौडाई २फिट ४ईन्च र पुच्छर सहित को लम्बाई ७फिट ३ईन्च,चौडाई २फिट भएको दुई वटा बाघको छाला समेत प्रहरीले बरामद गरेको छ ।
घटना को थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।