मेलौली २ मा रास्वपाको वडा कमिटि गठन, सभापतिमा जोशी

बैतडी -राष्ट्रिय स्वतन्त्र पार्टीको मेलौली नगरपालिका वडा नं २ मा वडा कमिटी गठन भएको छ ।शुक्रबार रास्वपाका जिल्ला संयोजक प्रकाशचन्द्र भट्टकोे प्रमुख आतिथ्यतामा भेलाले वडा कमिटी गठन गरिएको हो । उक्त भेलाबाट वडा गणेश दत्त जोशीको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि गरेको मेलौली नगर समिति सभापति अर्जुनदत्त भट्टले जानकारी दिए ।

यस्तै समितिको उपसभापतिमा भुपेन्द्र भण्डारी चयन भएका छन । सचिव र कोषाध्यक्षमा भने पछि चयन हुने भट्टले जानकारी दिए ।कार्यक्रममा मेलौली नगर समितिका उपसभापति कृष्णदत्त ओझा, सचिव मनिदत्त ओझा लगायत सदस्यहरूको सहभागिता रहेका थियो ।

शनिबार वडा नं ७ का वडास्तरिय तदर्थ समिति गठन गर्ने तयारी रहेको बताईएको छ ।यसैगरी उक्त वडा समिति गठन कार्यक्रममा सहभागि रास्वपाका नेता कार्यकर्ताहरुले मेलौली २ को शिवालय र धरमघर मावि परिसरमा वृक्षारोपण समेत गरिएको नगर सभापति भट्टले बताए ।

Leave A Reply

Your email address will not be published.