भारतको धौलिगंगा बाँध भोलि खोलिदै, सतर्कता अपनाउन आग्रह

भारतको धौलिगंगा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको छ । बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खोलिने भएकोले सूचना जारी गरेर प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको हो।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविधुत परियोजनाको सिल्ट सरसफाईका लागि बाँधको ढोका खोलीने जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ। सो समयमा महाकाली नदि किनारका नागरिकहरुलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बहादुर बोहराले बताउनुभयो।

यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो।

Leave A Reply

Your email address will not be published.