बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली सामाजिक कार्यमा अग्रसर देखिएको छ। पालिका कमिटी गठन भएसगै समाजिक कार्यमा अग्रसर देखिएको छ।
पाटि स्थापनाको छोटो समयमै देशको चौथो दल बनेको रास्वपा हाल पालिका सगै वडा कमिटी गठन प्रकृयामा ब्यस्त रहेको छ। मेलौलीमा रास्वपाको कमिटी गठन भएसगै बिभिन्न समाजिक कार्य र वडा कमिटी बिस्तारमा ब्यस्त रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली नगर सभापति अर्जुन दत्त भट्टले जानकारी दिए।
रास्वपाले असार २६ गते मेलौली नगरपालिका ४ तितावैकी मुटुरोगी मिना ठगुन्नालाइ आर्थिक सहयोग गरेको थियो। ठगुन्नालाई रास्वपा मेलौली नगर समितिको पहल विभिन्न व्यक्तिबाट संकलन गरेर उपचारका लागि सहयोग गरिएको थियो। मुटुरोग र कन्भर्जन डिसअर्डर समस्याबाट पीडित मिनालाई पाँचहजार नौ सय ५५ रुपैंया सहयोग गरिएको नगर सभापति भट्टले बताए।
यसैगरी असार २७ गते रास्वपाले मेलौली नगरपालिका-०७ बनालीकि स्वर्गीय कमला चन्दको परिवारलाई पनि आर्थिक सहयोग थियो। आप टिप्ने क्रममा रुखबाट खसि मृत्यु भएकि चन्दको परिवारलाई पनि आर्थिक सहयोग थियो। बिभिन्न ब्यापारी, समाजसेबी, शिक्षक, कर्मचारी र स्वास्थ्यक्रमिहरुबाट सकंलित दश हजार नौ सय पचास रुपैया रास्वपा मेलौलीले हस्तान्तरण गरेको थियो।
यहि श्रावण ४ गते राष्ट्रिय स्वतन्त्र पार्टी मेलौलीले वृक्षारोपण कार्यक्रम पनि गरेको थियो। मेलौली नगरपालिका-०७ स्थित मणिलेक मावि काँडा, मणिलेक बहुमुखी क्याम्पस र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको परिसरमा वृक्षारोपण गरिएको थियो। सोहि दिन रास्वपा मेलौलीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीलाई नमुना डस्टबिन समेत हस्तान्तरण गरेको नगर सभापति भट्टले बताए।
हालसम्म रास्वपा मेलौलीले दुईओटा वडाका कमिटी गठन गरिसकेको छ। मेलौली नगरपालिका वडा नं २ र ७ मा वडा कमिटी गठन गरेको छ। वडा नंः २ मा गणेश दत्त जोशीको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि र वडा नंः ७ मा राज सिंह भाटको सभापतित्व ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिसकिएको जनाईएको छ।
यहि श्रावण १७ गतेसम्म पालिका र वडा तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कमिटी गठन गरिसक्ने केन्द्रको निर्णय अनुसार रास्वपा मेलौली कमिटी बिस्तारमा लागि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली नगर सभापति भट्टले जानकारी दिए।