बैतडी । बैतडीका एक बालक दुईदिन देखि सम्पर्क बिहीन भएका छन। जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका रमेश भट्ट आईतबार दिउसोबाट सम्पर्क बिहीन रहेको बुवा माधब भट्टले जानकारी दिए।
सुस्त मनस्थिति भएका १४ बर्षका छोरा हराएपछि घर परिवारले खोज तलास गरिदिन आग्रह गरेका छन। आफन्त र ईष्टमित्र सबै ठाउमा खोजतलास गर्दा पनि छोरा सम्पर्कमा नआएको पारिवारिक श्रोतले जनाएको छ।
आईतबार राति दुई बजेसम्म घर नजिकैको जगंल, खोलानाला र गाउँमा खोज तलास गर्दा पनि भेटन नसकिएको जनाईएको छ। छोराको खोज तलास गरिदिन परिवारले स्थानिय प्रहरी चौकि शैलोडामा निबेदन समेत दिएको स्थानिय बिरेन्द्र भट्टले बताए।
हराएको रमेशलाई कहि कतै देखेमा नजिकैको प्रहरी चौकि अथवा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ।