मेलौली नगरपालिका–८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी – मेलौली नगरपालिका–०८ ले सार्वजनिक सुनुवाई गरेको छ। वडा कार्यालयको आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो।

वडा अध्यक्ष तपेन्द्रसिंह विष्टको सभाध्यक्षमा वडाको सार्वजनीक सुनुवाई कार्यक्रम गरिएको हो। वडाको आयोजना र सामुदायिक रेडियो मेलौली एफएमको सहजिकरणमा सुनुवाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष विष्टले बताए।
कार्यक्रममा वडा सचिवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीले प्रश्नहरु गरेका थिए भने प्रश्नको जवाफ वडाअध्यक्षले दिएका थिए।

सुनुवाई कार्यक्रममा आगामि बर्षको योजना तथा कार्यक्रमको बारेमा पनि स्थानियहरुले सुझाव दिएका थिए। जनतावाट आएका गुनासा, चासो, सम्मान र कदरले आफुलाई काम गर्ने आत्मबल बढेको वडा अध्यक्ष विष्टले बताए।
जनताको मतले निर्बाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने वडा अध्यक्ष विष्टले बताए।

Leave A Reply

Your email address will not be published.