प्राबिधिक पढ्ने छात्रछात्रालाई ५० हजारका दरले छात्रवृति दिने उपप्रमुख चन्दको घोषणा

बैतडी -बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले प्राबिधिक शिक्षा हासिल गर्न चाहाने नगरभित्रका २२ जना छात्रछात्रालाई वार्षिक पचास हजारका दरले छात्रवृति प्रदान गर्ने घोषणा गर्नु भएको छ। १० जना छात्र र १२ जना छात्रालाई प्राबिधिक पढ्दाका बखत वार्षिक पचास हजारका दरले छात्रबृति प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
आर्थिक अवस्था कमजोर भएका परिवारका छात्रछात्रालाई प्रक्रिया पु¥याएर आफुले पाउने पारिश्रमिक तथा अन्य सेवा सुबिधा बाफतको रकम छात्रबृति कार्यक्रममा लगाउने उद्घोष गर्नु भएको हो ।
२२ जना छात्रत्राछात्रालाई प्रदान गरिने पुरस्कार राशी ११ लाख हुन आउछ । उक्त रकम छात्रबृतिमा खर्च गर्न लाग्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.