प्रदेश स्तरिय उत्कृष्ट भिमदत्त कृषक पुरस्कारबाट बिजले सम्मानित

बैतडी- सुदुरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट भिमदत्त कृषक पुरस्कारबाट बैतडीको पाटन नगरपालिका वडा नं ९ की जयन्ती बिजले सम्मानित भएकी हुन ।

भुमी व्यवस्था तथा कृषी, सहकारी मन्त्रालय अन्र्तगत पर्ने कृषी विकाश निर्देशनालय सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको एक औपचारीक कार्यक्रम मार्फत प्रदेशका ५ जना कृषकलाई सम्मानीत गरेको निर्देशनालयले जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले कृषकहरूलाई नगद ७५ हजार , प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । जयन्ती पाटन नगरपालिका कार्यपालिका सदस्य समेत हुन् ।
यस्तै डडेल्धुराका दुई उत्कृष्ट किसानहरु प्रसाद अवस्थी र प्रिन्स अवस्थी लाई पनि नगद प्रमाणपत्र सहित सम्मान गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुरा कृषि अधिकृत तारि सिंह ठकुराठिले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.