महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१-००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् ।
घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा रेफर गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
जिपमा चालक र सहचालक मात्रै सवार थिए। सडकबाट १०० मिटर तल खसेको जिप दुर्घटनाको कारण खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।