बैतडी-पञ्चेश्वरमा जंगली बँदेलले मकै बाली सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन। पञ्चेश्वर गाउँपालिका–०४ भुजनी कनिना मल्लागाउमा जंगली बँदेलले मकै बाली सखाप पार्न थालेको हो। रातिको समयमा बँदेलको बथान आएर किसानहरुले लगाएको मकै वाली नष्ट पार्न थालेपछि भोकमरी हुने चिन्ता बढेको स्थानिय बिरेन्द्र भट्टले बताए ।
बस्ती नजिकका जंगलबाट आएर जंगली बँदेलले मकै नष्ट गर्ने गरेको उहाँले बताए। गाउँ नजिकैको जंगलबाट राति बँदेल आउन थालेपछि गाउँका नागरिक पहरा बस्ने गरेका भए पनि मकै बालीमा क्षति पुर्याउने गरेको जनाईएको छ।
किसानले मेहेनत गरेर लगाएको वालीहरु बर्षेनी जंगली जनावरहरुले सखाप पार्न थालेपछि किसानहरुलाई समस्या हुने जनाईएको छ। हरेक बर्ष जंगली बँदेलले बालीनालीमा व्यापक क्षति पुर्याउन थालेपछि कतिपय ठाउँका किसानहरुले बालीनाली लगाउनै छोडेका छ। जिल्लाका सबै जसो स्थानीय तहमा जंगली बँदेलको आतंक रहने गरेको छ।
जिल्लाका विभिन्न ठाउँहरुमा जंगली जनावरहरुले वर्षेनी बाली नालीमा क्षति पुर्याउने थालेपछि नागरिकहरुको कृषि पेशामा आर्कषण घट्दै गएको छ।