सुदुरपश्चिममा गौरा भाद्र २१ गते मनाइने अन्तिम निष्कर्ष

सुदुरपश्चिम् तथा भारतको उत्तराखण्ड प्रान्तको कुमाउमा समेत मनाइने महत्व बोकेको पर्व गौरा मनाउने मिति अन्योलमा रहेको बेला ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले विगतको परम्परा अनुसार नै यसबर्ष पनि गौरा मनाउने निर्णय गरेको छ।

सुदुरपश्चिम प्रदेशको पहिचानको पर्व गौरालाई परम्परा भन्दा फरक ढंगले मनाउन नेपाल पञ्चाङ्ग विकास समितिले उर्दी जारी गरेपछि उक्त कार्यप्रति प्रदेशका जनताले असन्तुष्टी जनाइरहेका थिए। सोही विषयमा थप चर्चा र अन्तिम निष्कर्ष दिन ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले  कञ्चनपुरको महेन्द्रनगरमा सांस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरी विगतको परम्परा अनुसार नै गौरा मनाउने निर्णय गरेको हो।

कार्यक्रमका सहभागी प.जगदीश ओझाले सनातन सभ्यतामा कतिपय कर्म सम्पादनका मान्यता त्यहाँको देशाचार, लोकाचार, कुलाचार को मान्यताले हुँदै आएकाले यस्ता पहिचान र मौलिकता बोकेका हाम्रा पर्व त्यही अनुसार मनाउनु पर्नेमा जोड दिनु भएको थियो।

पण्डित ओझाले भने, ‘सुदुर पश्चिममा गौरा पर्व मनाउनु अगाडि अधिकाँश ठाउँमा गौरा एकादशी अथवा पुत्रदा एकादशी नउपासेर मनाउने चलन छैन’ उनले भने, ‘त्यसैले अधिकाँश सहभागीले हचुवाको भरमा जिम्मेवार निकायले उर्दी जारी गर्दा आफ्नो मान मर्दन भएको गुनासो पोखेका थिए।’

सुदुर पश्चिमका ज्योतिषले भाद्र २१ गते गौराको लागि उपयुक्त हुन्छ भनेर आवाज उठाए सङ्गै केन्द्रले विज्ञप्ति जारी गरी ७ गते मनाउन अपील गरेको थियो। तर अधिकांश ठाँऊमा गाउँ समाजमा बसेर २१ गते निर्णय गरेको र सोही क्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजीत कार्यक्रममा पनि वक्ताले २१ गतेको माग गरेकोले प्रदेश मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

1 Comment
  1. मानबहादुर खडका says

    आफ्नो रीतिरिवाज परम्पराअनुसार जानुपर्छ । संस्कृति जोगाउनु पर्छ । जसले जेसुकै उर्दी जारी गरे पनि सनातन धर्म, परम्परा छोड्नु हुँदैन । २१ गते नै गौरा पर्व मनाउनुपर्छ ।

Leave A Reply

Your email address will not be published.