मेलौलीमा प्रत्येक वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण हुदै

बैतडी । मेलौली नगरपालिकाले आजबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सुरु गरेको छ। नागरिकहरुले नगरपालिका र बैँकमा खेप्नुपर्ने सास्तीको अन्त्य गर्दै प्रत्येक वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सुरु गरेको हो।

बृद्ध बृद्धाहरुलाई नगरपालिका र बैकँमा आउन जान समस्या हुने भएकाले प्रत्येक वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ। कुमारी बैँक मेलौलीसगं समुन्वय गरेर वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिन लागेको जनाईएको छ।

आईतबार पहिलो दिन ९ नम्बर वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सुरु गरिएको छ। सोमबार पनि ९ नम्बरमै वितरण गरिने छ। यहि श्रावण १६, १७ गते ८ नम्बर वडामा, १८, १९, २१ गते ७ नम्बर वडामा, २२, २३ गते ४ नम्बर वडामा, २४, २५ गते ३ नम्बर वडामा, २६, २८, २९ गते २ नम्बर वडामा, ३०, ३१, ३२ र भाद्र ३ गते १ नम्बर वडामा वितरण गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताए।

यसैगरी भाद्र ३, ४ गते ५ नम्बर वडामा र भाद्र ५, ६ गते ६ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने जनाइएको छ। यसरि आफ्नै वडामा सामाजिक सुरक्षा भत्ता पाउदा नागरिकहरु खुसि भएका छन। आउदा दिनहरुमा नागरिकहरुको सहजताका लागि नगरपालिकाले हरेक कामहरु गर्नुपर्ने बताईएको छ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्य सकिएपछि बालबालिकाहरुको भत्ता वितरण हुने नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.