बझाङका ओखेडाको घर भत्काउनेलाई कारवाहीको माग गर्दै बैतडीबाट सयुक्त ज्ञापन पत्र

बैतडी-यहीँ श्रावण १० गते बझाङको बित्थडीचर गाउँपालिका ७ मा दलित परिवारमाथी भएको घटनाका दोषीमाथी कारवाहीको माग गर्दै ज्ञापनपत्र पेश गरिएको छ।

अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जनअधिकार अभियान नेपाल, दलित उत्थान सामाज बैतडी, नेपाल दलित समाज कल्याण संघ, दलित समाज विकास मञ्च, दलित महिला संघ र मानवअधिकार एलायन्सले जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत सयुक्त रुपमा सरकारलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र पेश गरका हुन्।

बित्थडचीर गाउँपालिका ७ को धामीगाउँमा कथित उपल्लो जातका भनिएकाहरुको ठूलो समुहले स्थानीय पुडके ओखेडाको निर्माणाधीन घर भत्काएको  र घटनामा संलग्न भवानी जोशी, कृष्ण जोशी र कित्थे जोशीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग राख्दै ज्ञापनपत्र पेश गरिएको हो। जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ बमोजिम दोषीमाथि कारवाही हुनुपर्ने र ध्वस्त पारिएको निर्माणाधीन घर एवं नष्ट गरिएको बालीनालीको एकमुष्ट क्षतिपुर्ती दिलाउन पनि माग गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीका इन्चार्ज बलभद्र दयालले जानकारी दिए। घटनालाई कुनै पनि हालतमा तोडमोड गर्न नहुने समेत उनले बताए।

श्रावण १० गते पुडके ओखेडाको निर्माणाधीत घर भत्काइएको थियो भने बालीनाली पनि नष्ट गरिएको थियो।

Leave A Reply

Your email address will not be published.