बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मेलौली ८ कोटिगाँउमा वडा कमिटी बिस्तार भएको छ। रास्वपाका मेलौली नगर सभापति अर्जुन दत्त भट्टको प्रमुख आतिथ्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कमिटी बिस्तार भएको छ।
सोमबार भएको वडा भेलाबाट बिश्राम सिह ठगुन्नाको सभापतित्वमा ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको रास्वपा मेलौली नगर समिति सभापति अर्जुनदत्त भट्टले जानकारी दिए। कमिटीको उप-सभापतिमा कृष्ण सिह बिष्ट, कोषाध्यक्षमा मनहरी घटाल बिष्ट लगायत ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको जनाईएको छ।
वडा कमिटी बिस्तारको क्रममा लामो समयसम्म नेकपा एमालेमा रहेका शंकर सिह बिष्ट रास्वपा प्रबेश गरेको रास्वपा मेलौली नगर समिति सभापति भट्टले जानकारी दिए। यतिबेला रास्वपा मेलौली वडा कमिटी बिस्तारमा रहेको छ।
यस अगाडी रास्वपा मेलौलीले तिनओटा वडाका कमिटी गठन गरिसकेको छ। मेलौली नगरपालिका वडा नं २, ५ र ७ मा वडा कमिटी गठन गरेको छ। वडा नंः २ मा गणेश दत्त जोशीको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि, वडा न ५ मा शंकर दत्त भट्टको सभापतित्व ११ सदस्यीय र वडा नंः ७ मा राज सिंह भाटको सभापतित्व ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिसकिएको जनाईएको छ।
