बैतडी । समधुर स्वरको धनि गायक सेरी औजीको आवाजमा नयाँ देउडा गित “तेरी बर्यात” सार्वजनिक भएको छ। पछिल्लो पुस्ताका चर्चित कलाकार जेआर भट्टको र्याप र गायक औजीको स्वरमा रहेको गित “तेरी बर्यात” भिडियो सहित सार्वजनिक भएको छ।
गायक औजी, र्यापर भट्ट, जगदिश महरा र अम्रित नाथको लय शब्दमा जेआर भट्ट युटूब च्यानलबाट गित सार्वजनिक भएको छ। बिग परिबेश रेकर्डिङ स्टुडियोमा तयार पारिएको गितलाई केशब बडुले एरेन्ज गरेका छन। गायक औजीको म्यूजिक, शेर बहादुर बोहराले रेकर्र्ड गरेको गितलाई जिवन बडुले मिक्सिङ गरेका छन।
भिडियोमा जेआर भट्ट, सेरी औजी, लक्ष्मण बोहरा, अन्जु धामि, पुजा धामि, ज्ञानेन्द्र सुनारको अभिनय रहेको छ। भिडियोलाई मौसम बिष्टले निर्देशन गरेको गायक औजीले बताए। गत बिगतका गितहरु जस्तै यो गितलाई पनि माया गरिदिन गायक औजीले आग्रह गरेका छ।
Nice
Beautiful ????????