बैतडीको मेलौली ९ मा रास्वपाको कमिटी बिस्तारः सभापतिमा भट्ट, तिन जनाद्धारा माओवादी परित्याग

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मेलौली ९ मा वडा कमिटी बिस्तार भएको छ। रास्वपाका मेलौली नगर सभापति अर्जुन दत्त भट्टको प्रमुख आतिथ्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा कमिटी बिस्तार भएको छ।

मंगलबार भएको वडा भेलाबाट केशब दत्त भट्टको सभापतित्वमा ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको रास्वपा मेलौली नगर समिति सभापति अर्जुनदत्त भट्टले जानकारी दिए। कमिटीको उप-सभापतिमा सुरेन्द्र दत्त भट्ट, सचिवमा हरिश भट्ट र कोषाध्यक्षमा सुनिता भट्ट लगायत ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको जनाईएको छ।

वडा कमिटी बिस्तारको क्रममा लामो समयसम्म नेकपा माओवादीमा रहेकाहरु रास्वपा प्रबेश गरेको सभापति भट्टले जानकारी दिए। स्थानिय तहको निर्बाचनमा वडा सदस्यमा उम्मेदावरी दिएर पराजित भएका महादेव भट्ट, पार्टीको सकृय सदस्यमा रहेर काम गरेका कमला भट्ट र  महेश दत्त भट्ट रास्वपा प्रबेश गरेको सभापति भट्टले जानकारी दिए।

यतिबेला रास्वपा मेलौली वडा कमिटी बिस्तारमा रहेको छ।

No description available.

No description available.

No description available.

 

Leave A Reply

Your email address will not be published.