मुगु बस र्दुघटना अपडेट २२ जनाको मृत्यु, १८ जना घाइते

मेलौली न्युज २६,असोज २०७८

मुगु -जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो । अहिले घाइतेको उद्दारको लागी हेलिकप्टर बोलाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.