सहिद भीमदत्त पन्तको स्मृती दिवस बैतडीमा मनाइयो

बैतडी- दिवंगत किसान नेता एंव सहिद भिमदत्त पन्तको ७०औँ स्मृती दिवस बैतडीमा मनाइएको छ । जिल्ला स्थीत भुमिमा महिला बचत तथा ऋण सहकारी संस्था, नेपाल उत्पीडित जातीय मुक्ती समाज र दलित समाज विकास मञ्च लगायतका संघ–संगठनहरुले दिवस मनाएका हुन् ।

दिवसको अवसरमा सहिद पन्तको फोटोमा माल्यार्पण गर्दै अन्तरक्रिया गरिएको हो । किसानका लागि सहिद पन्तले गरेको संघर्षको स्मरण गर्दै दिवस मनाइएको हो ।

डडेल्धुरामा वि।स।१९८३ मंसीर १०मा जन्मीएका किसान नेता पन्तको वि.स२०१० साउन १७ गते हत्या गरि बाँसको टुप्पोमा टुडिखेलमा टाउको झण्ड्याइएको थियो ।

स्मृती दिवसमा संघ, संगठनमा आवद्ध व्यक्तिहरु सहभागी रहेको मुक्ती समाज जिल्ला इन्चार्ज बलभद्र दयालले बताए ।

Leave A Reply

Your email address will not be published.