बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मेलौली ६ मा वडा कमिटी बिस्तार भएको छ। रास्वपाका मेलौली नगर सभापति अर्जुन दत्त भट्टको प्रमुख आतिथ्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा कमिटी बिस्तार भएको छ।
बुधबार भएको वडा भेलाबाट टेकराज भट्टको सभापतित्वमा ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको रास्वपा मेलौली नगर समिति सभापति अर्जुनदत्त भट्टले जानकारी दिए। कमिटीको उप सभापतिमा जयराम भट्ट र सचिवमा शिबराज भट्ट लगायत ११ सदस्यीय वडा स्तरीय तदर्थ समिति गठन गरिएको जनाईएको छ।
यतिबेला रास्वपा मेलौली वडा कमिटी बिस्तारमा रहेको छ। छोटो समयमै देशको चौथो दल बनेको रास्वपामा नागरिकहरुको चासो देखिएको छ। गत बिगतमा बिभिन्न पाटिमा कृयाशिल रहेका काम गरेका नागरिकहरु पनि रास्वपा प्रबेश गरिरहेका छन।