कानुन मन्त्री भट्टले पदभार ग्रहण गरे

बैतडी-सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले आज पदभार ग्रहण गरेका छन ।बिहीबार आज मन्त्रालय पुगेर मन्त्री भट्टले पदभार ग्रहण गरेका हुन।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तारको क्रममा भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री भट्टले प्रदेशमा शान्ती सुरक्षा कायम गर्नु र कानुनको प्रभाबकारी कार्यन्वयन गर्नु पहिलो प्राथमिकता रहेको बताउनु भयो ।भट्ट बैतडी प्रदेश सभा ख बाट निर्वाचित सांसद हुन्।

Leave A Reply

Your email address will not be published.