बैतडीमा एक महिलाले असाधारण शिशु जन्माईन

बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका छोरी जन्माएकी हुन्।

लुहारले कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन्। असाधरण शिशु जन्मेपछि थप उपचारका लागि आफूहरुले सल्लाह दिएको उनले बताइन्। उनले भनिन् ‘समान्य शिशुभन्दा फरक बच्चा जन्मिएको छ। बच्चाको टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टाजस्तै माथि गएको छ। सुविधा सम्पन्न अस्पतालमा लैजान हामीले सल्लाह दिएका छौं।’

करीब दुई महिना अघि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै रहेको भएपनि जन्मिँदा असाधारण शिशु जन्मिएको अनमी जोशीले बताइन्। अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन्। लुहारको आर्थिक अवस्था कमजोर छ। उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन्। शिशुको थप उपचारका लागि सहयोगको आवश्यकता रहेको अनमी जोशीले बताइन्।

यस्तो शिशु जन्मिुनको कारण यही हो भन्न नसकिए पनि कम उमेरमा बच्चा जन्मिएका बिकलांग हुने सम्भावना बढी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

Leave A Reply

Your email address will not be published.