नेपाल राहत शिक्षक मेलौलीको नगरभेला सम्पन्न, समितिको पुर्नःगठन

बैतडी । नेपाल राहत शिक्षक मेलौलीको नगर भेला सम्पन्न भएको छ। शनिबार जेष्ठ शिक्षक बिर सिह नायकको संयोजकत्वमा मेलौली भगतवी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ।

नेपाल राहत शिक्षक मेलौली नगर समितिको आयोजनामा नेपाल राहत शिक्षक केन्द्रीय समितिको सर्कुलर अनुसार संघीय शिक्षा ऐनको टेबुलेसन हुने सन्दर्भमा राहत शिक्षकहरूको स्थायी ब्यबस्थापनको लागि सरकारलाई दबाब सिर्जना गर्नको भेला आयोजना गरिएको जनाइएको छ। सरकारले नेपाल राहत शिक्षकहरूलाई समयमै स्थायी व्यवस्थापन गर्नुपर्ने भेलामा उपस्थीत शिक्षकहरुले तर्क रहेको थियो।

No description available.

शिक्षकहरूलाई समयमै स्थायी व्यवस्थापन नगरे देशैभर कडा आन्दोलन गर्ने नेपाल राहत शिक्षक केन्द्रीय समितिले निर्णय गरेको छ। संघिय शिक्षा ऐन २०८० को मस्यौदा अध्ययन गर्दा राहत शिक्षकहरुको माग, विभिन्न समयमा भएका सम्झौता र सहमति बिपरित पेशाको स्थायित्व सवालमा चरम बिभेद गरेको देखिएकोले सबै परिस्थिति आँकलन गरि आन्दोलनको तयारी गर्नुपरेको सर्कुलरमा उल्लेख गरिएको छ।

No description available.

यसैगरी राहत शिक्षक मेलौलीको नगर समिति पुर्नः गठन गरिएको छ। समितिको अध्यक्षमा टिकाराम भट्ट, उपाध्यक्षमा राम सिह नेगि, महिला उपाध्यक्षमा राजेश्वरी बिष्ट, सचिवमा भरत राम पोखरेल, कोषाध्यक्षमा अम्बिका भट्ट, सह–सचिवमा पुष्पा भट्ट, सहकोषाध्यक्षमा पठान सिह धामिलाई चयन गरिएको छ।

भेलाबाट वडा संयोजक समेत चयन गरिएको छ। वडा न १ मा बिर सिह नयाक, वडा न २ मा चक्रदेब भट्ट, वडा न ३ मा मिन बहादुर चन्द, वडा न ६ मा कैलाश पुजारा, वडा न ७ मा प्रेम चन्द, वडा न ८ मा झिमा चन्दलाई संयोजक तोकिएको छ। संयोजक सदस्यमा ईन्द्रदेब भट्ट, किशोर सिह नेगि र भानमति धामिलाई चयन गरिएको नेपाल राहत शिक्षक मेलौलीको नगर समितिले जनाएको छ।

भेलामा नेपाल राहत शिक्षक प्रदेश सहअध्यक्ष प्रकाश बिक, उपाध्यक्ष हरि सिह नायक र सदस्य जयराज दत्त भट्टको उपस्थीती रहेको थियो।

Leave A Reply

Your email address will not be published.