बैतडी । पञ्चेश्वरका रमेश भट्ट हराएको आज १६ दिन भयो। हराएको छोरा १६ दिनसम्म पनि सम्पर्कमा नआउदा आमाबुवाको मन बेचैन भएको छ। छोरा खोज्ने हर प्रयास गरेका आमाबुवाको आश भने अब सकिएको छ।
१६ दिनसम्म कतैबाट पनि छोराको खबर नआउदा अब फर्किने आश सकिएको बुवा माधव भट्टले बताए। सुस्त मनस्थितिका १४ बर्षिय छोरा खोज्न हर प्रयास गरेको भएपनि केहि सिप नलागेको उनले बताए।
प्रहरी, आफन्त र गाउले सबै मिलेर देश प्रदेशमा खोज्दापनि छोरा सम्पर्कमा नआउदा छोरा फर्किने आश भने नरहेको परिवारले जनाएको छ।
हराएका रमेश घरका कान्छा छोरा हुन। आफ्ना दुई छोरा मध्ये एक छोरा हराउदा घर परिवार शोकमा डुबेको स्थानिय बिरेन्द्र भट्टले बताए।
छोरा सम्पर्कमा आउने आश नभएपनि खोजिकार्य भने जारी रहने जनाईएको छ।
रमेश यहि श्रावण ५ गतेका दिन दिउसोबाट हराएका थिए। हराएका रमेश पञ्चेश्वर गाउँपालिका-०४ कनिना डङाका हुन। हराएका रमेशलाई फेला पारेमा पुरुस्कार स्वरुप परिवारले दश हजार नेपालि रुपैयाँ दिने घोषणा गरेका छन।
हराएको रमेशलाई अझैपनि कहि कतै फेला पारेमा नजिकैको प्रहरी चौकि अथवा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ।