मेलौली न्यूज
असोज ३० शनिबार,२०७८
बैतडी–आज महाकाली नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीको नदी किनारमा बिहान ७ बजे करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको छ। थप जानकारी आउन बाकि रहेको छ।