बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परको छ। काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामाग्रीमा सुन आइतबार बिहान फेला परेको हो। खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ।
पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको बुझिएको छ। त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए। प्रहरीलाई संका लागेपछि बरामत गरेर सुरक्षीत राखेको छ।
इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरिक्षक कमल प्रशाद चौधरीको नेतृत्वमा खटिएको टोलीले सुन बरामद गर्दै इलाका प्रहरी कार्यालय पाटनमा लगिएको हो।
८३ ग्राम ५२० मिलिग्राम ९ करिब ७ तोला अढाइ आना परिमाणको सुन भेटिएको र बिल समेत नरहेको पाइएपछि बरामद गर्दै सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए। बिना बिलको सुन भेटिएकाले संका लागेपछि बरामद गर्दै सुरक्षित राखिएको उनले बताए।
सुन भेटिएको प्याकेटमा बिल नभेटिएको हुनाले वैधानिकता माथि संका गरिएको छ। यद्यपी दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र यसको बिल समेत रहेको बताएको पनि प्रहरीले बताएको छ। तर सुनसँगै बिल नभएको र फोनबाटै बिल रहेको जानकारी मात्रै गराएको हुनाले संकास्पद मानिएको छ। यद्यपी प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्टार बुलेटीन