एसईई ग्रेडबृद्धि गर्न मणिलेक माबिको परिक्षा केन्द्रमा २४ बिद्यालय सहभागि हुदै

बैतडी । कक्षा १० को ग्रेडबृद्धि परिक्षा २०७९ का लागि बैतडीमा ६ ओटा परिक्षा केन्द्र तोकिएका छन। जिल्ला विकास तथा समन्वय ईकाई बैतडीले एसईई ग्रेडबृद्धिका लागि जिल्लामा ६ ओटा परिक्षा केन्द्र निर्धारण गरेको हो।

मणिलेक माबि काडा, विरेन्द्र माबि साहिलेक, सनातन धर्म माबि श्रिकोट, डिलेश्वरी माबि हाट, अर्जुन माबि गाजरी र कृष्ण माबि पाटनलाई परिक्षा केन्द्र तोकिएको जिल्ला विकास तथा समन्वय ईकाई बैतडीले जनाएको छ।

मणिलेक माबि मेलौली काडाको परिक्षा केन्द्रमा साधारण र प्राबिधिक धारका गरि २४ बिद्यालयका परिक्षार्थीहरु सहभागि हुने जनाईएको छ। मणिलेक माबि काडाका साधारण र प्राबिधिक धारका बिद्यार्थी, बिजयपुर माबि तिताबै, नागार्जुन माबि शर्मालीका साधारण र प्राबिधिक धारका बिद्यार्थी, जवलपुर माबि शैलोडा, कुलाउ माबि कुलाउका साधारण र प्राबिधिक धारका बिद्यार्थी, दुर्गा माबि खलिगाड, धर्मघर माबि सलेना, बिशालपुर माबि बिशालपुर, पिपलकोट माबि लोजनी, डुग्रीखान माबि सेरीलेकका परिक्षार्थी सहभागि हुने जनाईएको छ।

यसैगरी हिरापुर माबि बसेडिभ्वा, देबथला माबि बास्कु, जगदम्बा माबि हतरगां, प्रितिपुर माबि बाग्कोट, सुदर्शन माबि लिखोडा, चन्द्रदेबल माबि स्वलपाला, टाकतिलकपुर माबि बन्ना, शितलपुर माबि मेलौली, कमलपुर माबि कोटिगाउ, भरतपुर माबि गाउकोट, शारदा माबि कुड मटेला, उदय माबि कफाडि, श्रिपुर माबि पुडिल बछला र सेमेश्वर माबि मडलका बिद्यार्थीहरु मणिलेक माबिको परिक्षा केन्द्रमा सहभागि हुने जनाईएको छ।

एसईईको ग्रेडबृद्धि परिक्ष यहि श्रावण २६ र २७ गते सञचालन हुदैछन।

No description available.

No description available.

No description available.

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.