नातीकाे हत्या गर्ने बाजे कारागार चलान

बैतडी-दुई वर्षीय बालककाे हत्या गरेकाे आराेपमा पक्राउ परेका बैतडीको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदलाई कारागार चलान गरिएको छ। साउँदलाई बैतडी जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हाे।
गएको असार २८ गते साउँदको कुटाइबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउँदको असार २९ गते उपचारको क्रममा निधन भएको थियो । रेशम गणेशका आफ्नै नाति हुन्।
गणेशकाे कुटाइबाट गम्भीर घाइते भएका अर्का ८ वर्षीय नाति रिजन साउँदको अहिले पनि उपचार जारी रहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेकाे रिजनकाे अवस्था मध्यम रहेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लाेकराज जाेशीले जानकारी दिनुभयो ।
रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । प्रहरीले साउँदलाई असार २८ गते नै पक्राउ गरेको थियो ।
प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।
साउँदमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो ।

Leave A Reply

Your email address will not be published.