मेलौलीमा एसईई (ग्रेडबृद्धि) परिक्षा अवधिभर मदिरा बिक्रि गर्न नपाईने

बैतडी । मेलौलीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा अवधिभर मदिरा बिक्रि वितरण गर्न नपाईने भएको छ। आज नगरपालीकाले एक सुचना जारी गर्दै परीक्षा अवधिभर मदिरा बिक्रि बितरण तथा सेवनमा रोक लगाएको हो।

भोलीदेखि सुरु हुने एसईई (ग्रेडबृद्धि) परिक्षाको अवधिभर मदिरा बिक्रि बितरण तथा सेबनमा रोक लगाइएको नगर प्रमुख भिम बहादुर चन्दले बताए। आज दिउसो १२ बजेदेखि २८ गतेसम्म मेलौली नगरपालिका अन्र्तगत स्वाखानि बजार देखि, काणाँ बजार, हरिपुर बजार, जिरो पोईन्ट, लामालेक हुदै सलेना बजारसम्म मदिरा बिक्रि वितरणमा रोक लगाएको उनले बताए।

नगरपालिकाको सुचना नमानि मदिरा बिक्रि बितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाहि गरिने समेत जनाईएको छ। एसईई ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा ६ ओटा केन्द्र तोकिएका छन्। विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा मेलौली, सनातन धर्म मावि श्रीकोट, अर्जुन मावि गाँजरी र डिलेश्वरी मावि पुर्चौंडी हाटमा केन्द्र तोकिएका छन।

मणिलेक मावि मेलौलीमा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यालयहरुको परिक्षा केन्द्र तोकिएको छ। मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थानको परिक्षा केन्द्र भने विरेन्द्र मावि शाहीलेकमा तोकिएको जनाईएको छ।

भोलिदेखि शुरु हुने एसईई ग्रेडवृद्धि परीक्षमा बैतडीभरि १२ सय ६१ छात्र र १३ सय ६९ छात्रा गरी २६ सय २० परीक्षार्थी सहभागी हुदैछन।

May be an image of text

Leave A Reply

Your email address will not be published.