बाजुराः बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ ।
जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो। घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ ।
मानविय तथा चौपाया क्षती भने केहि भएको छैन् । उक्त स्थानमा प्रहरी टोलीले आवश्यक उद्दार तथा अनुसन्धान कार्य गरिरहेको छ। यस अघि बुधवार पनि बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ मा एक घर भत्किएको थियो ।