डोटी– डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो ।
स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिएन् ।
बाख्रा चराउन गएकी उनको भिरबाट लडेर मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीलाई घटनाको बारेमा सूचना छैन ।