बैतडीको दोगडाकेदारमा पनि शिक्षक महासंघको धर्ना र ज्ञापनपत्र

प्रस्तावित शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघको आह्वानमा आइतबारदेखि देशैभरि विरोधको आयोजना गरिएको छ। सोही अनुरुप आइतबार पहिलो चरणमा देशभरका स्थानीय तहमा पुगेर दबाबमूलक कार्यक्रमहरूको आयोजना गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठन उपमहासचिव दलबहादर कार्कीले जानकारी दिनुभयो। 

पहिलो चरण अन्तर्गत आइतबार देशका हरेकमा स्थानीय तहका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक-कर्मचारी उपस्थित भई बिहान ११ बजेदेखि दिउसो दुई बजेसम्म तीन घण्टा धर्ना दिने कार्यक्रम अनुरुप दोगडाकेदार गाउँपालिकामा धर्ना र ज्ञापनपत्र बुझाइएको छ।

धर्नाको समापनसँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र स्थानीय तह समक्ष पेस गरिएको शिक्षक संगठन दोगडाकेदार गापा अध्यक्ष बलदेव नाथले जानकारी दिनुभयो।

शिक्षक महासंघ राष्ट्रिय समिति तथा सम्बन्ध घटक नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन्, नेपाल राहात शिक्षक संगठन, बालविकास शिक्षक संघर्ष समिति, नेपाल कर्मचारी शिक्षक परिषदले सयुक्त रुपमा धर्ना सहित सहमतिको छाया प्रति पेस गरिएको हो।

पहिलो चरणको आन्दोलनबाट आफूहरूको मागको सुनुवाइ नभएमा दोस्रो चरणको आन्दोलन गरिने एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश सदस्य लक्ष्मीदत्त भट्टले जानकारी दिनुभयो।

धर्ना कार्यक्रममा बाेल्दै राहत शिक्षक संघर्ष समितिका संयाेजक तथा नेपाल शिक्षक संघका दाेगडाकेदार सचिव गणेश दत्त भट्टले प्रतावित शिक्षा ऐेनका केही बुदाहरू सच्याएर मात्रै ल्याउनुपर्नेमा जाेड दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.