बैतडीमा पनि शिक्षकहरुले संघीय शिक्षा ऐनमा रहेका केही प्रावधानहरु सच्याउनुपर्ने माग गर्दै धर्ना दिएका छन्। मंगलबार शिक्षा विकास तथा समन्वय इकाई बैतडीमा शिक्षकहरुले बिहान ११ बजदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन्।
नेपाल शिक्षक महासङ्घ र माहतका घटकहरुले धर्ना दिएका हुन्। आइतबार स्थानीय तहमा पनि धर्ना दिएका थिए। संघीय शिक्षा ऐनमा रहेका केही प्रावधानहरु सच्याएरमात्रै अघि बढाउनुपर्ने माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत आज धर्ना दिइएको शिक्षक लोकराज भट्टले बताए। महासंघको केन्द्रीय कार्यक्रम अनुसार शिक्षा विकास तथा समुन्वय इकाइमा धर्ना सहित ज्ञापन पत्र बुझाइएको शिक्ष भट्टले बताए।
संसदमा पेश गर्ने भनिएको संघीय शिक्षा ऐनका केही प्रावधानहरु परिमार्जन गरेर मात्रै अघि बढाउनुपर्ने माग आघि सारिएको छ। धर्नाको समापनसँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहितको ज्ञापनपत्र शिक्षाक विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थी मार्फत सरकारलाई ज्ञापनपत्र पेस गरिएको हो।
धर्ना कार्यक्रममा विभिन्न शिक्षक संगठन, जिल्लाका सामुदायि विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।