बैतडी । मेलौली नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ। आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो।
मंगलबार नगर प्रमुख भिम बहादुर चन्दको सभाध्यक्षमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो। नगरपालिकाको आयोजना र पत्रकार माहासघं बैतडीको सहजिकरणमा सुनुवाई कार्यक्रम सम्पन्न भएको नगर प्रमुख चन्दले बताए।

प्रमुख प्रशासयिक अधिकृत सपना कार्किले नगरपालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। नगरपालिकाबाट प्रवाह हुने सेवा, योजना र कार्यक्रमहरुका बारेमा बिभिन्न वडाबाट सहभागि नागरिकहरुले प्रश्नहरु गरेका थिए। नागरिकहरुले सोधेका प्रशनहरुको जवाफ सम्बन्धित ब्यक्ति तथा शाखा प्रमुखहरुले दिएका थिए।

आगामि बर्षको योजना तथा कार्यक्रमको बारेमा पनि स्थानियहरुले सुझाव दिएका थिए। जनताको मतले निर्बाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने नगर प्रमुख चन्दले बताए।