बैतडी -सुदूरपश्चिम प्रदेशमा भोलि (शुक्रवार) सार्वजनिक बिदा दिइएको छ । भदौ १ गते शुक्रवार ओल्के पर्व परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
सुदूरपश्चिमका पहाडी समुदायमा भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गरिन्छ । यस पर्वमा आफन्त तथा इष्टमित्रलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन छ । यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमासमेत मनाउने गर्दछन् ।