डिलाशैनीका बेपत्ता शिक्षक अझै फेला परेनन्, अवस्था अज्ञात

बैतडी -विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् ।
स्थानीय लटीनाथ आधारभुत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौं ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । भदौं ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उहाँले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेका छन् । प्रह्री निरीक्षक केसीले भन्नुभयो,“बेपत्ता शिक्षकको अवस्था अज्ञात छ,खोजीका लागि प्रहरी परिचालन भएको छ,पत्ता लाग्न सकेको छैन् । ”

Leave A Reply

Your email address will not be published.