एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले छैटौँ विकेट गुमायो

काठमाण्डौ – एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले छैटौँ विकेटने गुमाएको छ ।

गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।त्यस्तै अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।

उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।

Leave A Reply

Your email address will not be published.