एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ। आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो।
वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा १ विकेट पनि नगुमाई लक्ष्य भेटायो। भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो।
नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे।यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए। कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए। दीपेन्द्रसिंह ऐरीले २५ बलमा २९ रन बनाए। गुल्शन झाले २३ रन बनाए। यस्तै भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन्।
बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३र३ विकेट लिए।
यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो। भारत भने यो जितसँगै ुसुपर फोरु मा पुगेको छ। समूह ुएु बाट पाकिस्तान यसअघि नै ुसुपर फोरु मा पुगिसकेको छ।
समूह ुबीु बाट ुसुपर फोरु मा पुग्ने टोलीको टुङ्गो भोलि मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ।
सुपर फोर का खेल पर्सि बुधवारदेखि हुनेछ। फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ।