महाकालीमा डुबेर एक जना बेपत्ता

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर–२ बस्ने १७ वर्षीय नीरज पुजारा शनिबार साँझ नदीमा डुबेर बेपत्ता भएका हुन्।

उनको खोजतलासका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली खटिएको छ। साथै आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.