बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी- पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तन संगै बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको सङ्खया बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वराका बिरामीको सङ्ख्या बढ्न थालेका हुन । पछिल्लो केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर धिरज जैसवालले बताउनुभयो ।

केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले जानकारी दिनुभयो । उनले भने, ‘मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ ।’

मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका सलेना स्वास्थ्य चौकीका इञ्चार्ज प्रकाश बहादुर चन्दले बताए ।उनले भने, ‘मौसममा परिवर्तनले, गर्दा पहिलाको तुलनामा आजभोलि बिरामीको सङ्ख्या बढेका छन ।’

यस्तै, जिल्लाको तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक १५० जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा कार्यरत जनस्वास्थ्य निरीक्षक नबराज सिंह नायकले जानकारी दिए।उनले भने, ‘उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।’

मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव छन ।भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीमा जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर धिरज जैसवालले बताए ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन ।बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायत लक्षण देखापर्ने गरेको डा.जैसवाको भनाइ छ । सामान्य समयभन्दा बिरामीको सङ्ख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या भने कम रहेको उनले बताए ।

यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ ।शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको सङ्क्रमण उच्च देखिएको छ ।चिकित्सकका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीको सङ्ख्या बढ्दै गएको देखिन्छ । मौसममा आएको परिर्वतन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका छन ।
जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक २०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ ।

‘झोलिलो पदार्थको सेवनमा बढी जोड दिने, झुलको प्रयोग गरेर मात्रै सुत्ने, घर वरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउने गरेमा रोगबाट बच्न सकिन्छ’, जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर धिरज जैसवाले भने, ‘सकभर आफूलाई शङ्का लागेकै भरमा औषधि सेवन गर्नु पनि राम्रो होइन, चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि सेवन नगर्न आग्रह छ ।’
यो रोग श्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.