सुदूरपहाडको अवरुद्ध सञ्चार सेवा सुचारु

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ। डडेल्धुरामा अप्टिकल फाइबर काटिदा सोमबार दिउँसोदेखि अवरुद्ध भएको बैतडी र दार्चुलाको सञ्चारसेवा मंगलबार दिउसोपछि सञ्चालनमा आएको हो ।

काटिएको अप्टिकल फाइबार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि सेवा सुचारु भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताउनुभयो । वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिदा सञ्चार सेवा अवरुद्ध भएको थियो। उहाँले भन्नुभयो,“प्राविधिक टोलीले काटिएको अप्टिकल फाइबर मर्मत गरेपछि मंगलबार साढे २ बजेपछि सेवा सुचारु भएको छ । ”

यसअघि सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम,वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएकोमा सबै काम सुरु भएको छ =। यसका साथै मोबाइल,टेलिफोन र इन्टरनेट सेवा बन्द भएकोमा सुचारु भएको नेपाल टेलिकम बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.