कैलाशमा मावि कक्षा सञ्चालनका लागि चन्दा संकलन गर्न समिति गठन

स्थानीय कर्मचारीलाई एक महिनाको तलब दिन आग्रह

बैतडी -बैतडीको पाटन नगरपालिका -१ मा पर्ने कैलाश आधारभुत विद्यालय मावि  (९-१०)कक्षा सञ्चालनका लागि चन्दा संकलन गर्न समिति गठन गरिएको छ।

शनिबार अभिभावक भेलो जयसि ठगुन्नाको संयोजकत्वमा चन्दा संकलन समिति गठन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताउनुभयो ।
वर्तमान तथा निर्वतमान नेपाल प्रहरी, सेना, शिक्षक तथा कर्मचारीहरुबाट एक महिनाको तलब माग्ने र सर्वसाधारणले १० हजार चन्दा सहयोग माग्ने निर्णय भेलाले गरेको अध्यक्ष ठगुन्नाले बताउनुभयो।

यस्तै चन्दा दर्ताहरुलाई प्रात्सान तथा बिद्यालयको समग्र प्रचारका लागि पत्रकार ललितसिह बोहरको संयोजत्वमा ३ सदस्यी समिती गठन गरेको प्रधानाध्यापक गगन सिह बोहराले बताउनुभयो ।

चन्द संकलन समितिले बैंकमा खाता सञ्चालन गर्ने र चन्दादर्ताले सो खातामा जम्मा गर्न लगाउने समेत निर्णय भएको बिद्यालयले जनाएको छ ।यस्तै निर्वतमान शिक्षक तिलक भण्डारीको संयोजत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

मावि कक्षा सञ्चालन नहुदाँ त्यस क्षेत्रका बालबालिका ३ देखी ४ घण्टाको दुरीमा रहेका सिद्धेश्वर मावि मेल्चौरा र उदेयदेव मावि किम्तोली जान बाध्य छन् भने धेरैले मावि नै भर्ना नभई बिद्यालय छोड्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.