बैतडीको तल्लो स्वराडमा अवस्थित प्रशिद्ध उदयदेब महाराजलाई १९१ पशुको बलि

बैतडी । प्रशिद्ध उदयदेब महाराज देबताको मन्दिरमा १९१ पशुको बलि दिईएको छ। शिबनाथ गाउपालीका-०५ कफाडिमा अवस्थीत उदयदेब महाराज देबताको मन्दिरमा १९१ पशुको बलि परेको वडा अध्यक्ष केशब चँन्दले बताए।

बिजया दशमिको पुर्ब सन्ध्या तथा माहाअष्टमिको राति रतेडि र नवमीका दिन लाग्ने दिउसेडि मेलामा राँगाबोका गरि १९१ पशुको बलि परेको जनाईएको छ। माहाअष्टमिको राति १३३ बोका र नवमिको बिहान ५८ राँगाको बलि चलाईएको वडा अध्यक्ष चँन्दले बताए।

स्थानिय भाषामा (कफाडिकि जाँत) भनेर चिनिने मेला माहाअष्टमिको राति रतेडि र नवमीका दिन दिउसेडि मेला लाग्ने गर्छ। मेलामा तल्लो स्वाराड क्षेत्रका तिनै पालिका मेलौली नगरपालीक, शिबनाथ गाउँपालीका र पञ्चेश्वर गाउँपालीकाबाट राँगा बोका सहित देउरा आउने गर्छन। यसैगरि पाटन नगरपालिका, दशरथचन्दँ नगरपालिका, डडेल्धुराको भागेश्वर, दार्चुलाको गोकुलेश्वर लगायत छिमेकि राष्ट्र भारतबाट समेत मेलामा देउरा र दर्शनार्थी आउने गरेको मेला ब्यवस्थापन समितिले जनाएको छ।

उदयदेब माहाराज देबताको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र नि–सन्तान दम्पतीलाई सन्तान प्राप्ती हुने धार्मिक मान्यता रहेको छ। असोज नबरात्रा सगै चैत नबरात्रा, फागुन, जेठ, पुस महिनामा मेला र भाद्र महिनामा पनि उदयदेब माहाराज देबताको मन्दिरमा गौरा मेला लाग्ने बताईएको छ। असोज नबरात्राको समयमा लाग्ने मेलामा भारतबाट पनि ब्यापारिहर ब्यापार गर्नको लागि पुग्ने गरेको वडा अध्यक्ष चन्दले बताए।

Leave A Reply

Your email address will not be published.