बैतडीको पाटनमा जारी पिपिएल क्रिकेटमा मेलौलीको बिजयी सुरुवात

बैतडीको पाटनमा जारी तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटमा मेलौलीले बिजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा ग्वालेक क्रिकेट क्लबलाई ६ विकेटले स्तब्ध पार्दै मेलौलीले बिजयी सुरुवात गरेको हो।

ग्वाल्लेकले दिएको ११२ रनको लक्ष्य मेलौलीले ११ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। मेलौलीका लागि सुनिल क्षेत्रीले २४ रन हिर्काएर एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो । यो खेलमा सुनिल क्षेत्री म्यान अफ द म्याच बन्न सफल भए।

यसअघि आईतबार पहिलो खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै टिम क्वालीटी कैलपालले .सुखद सुरवात गरेको थियो ।

पाटन क्रिकेट क्लबको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।

Leave A Reply

Your email address will not be published.