बैतडी-जाजरकोट र रुकुमपश्चिमका भूकम्प पिडितहरुका लागि बैतडीबाट आर्थिक सहयोग संकलन गरिएको छ । अभियानकर्मी सरस्वती नेपालीको संयोजकत्वमा जिल्ला सदरमुकामको गढी, गोठलापानी, शाहिलेक लगायतका क्षेत्रबाट भूकम्प प्रभावितका लागि ७६,९२५ रुपैया संकलन गरिएको हो ।
सहयोग संकलन अभियानमा अभियानकर्मी नेपालीसहित, कल्पना राना, देवु ठगुन्ना, शुशिला चन्द र बलभद्र दयाल सहभागी थिए । संकलन गरिएको रकम हिजो जिल्ला प्रशासन कार्यालय बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बोहरालाई हस्तान्त्रण गरिएको नेकपा एमालेका प्रदेश कमिटि सदस्या समेत रहेका अभियान्ता बलभद्र दयालले जानकारी दिए । संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा हुने छ ।
यही कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो जनधनको क्षति पुगेको छ ।