बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिबनाथ देवालयको मन्दिरमा लागेको जात्रा (शिबनाथकि जाँत) सम्पन्न भएको छ। हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडि) र अष्टमीका दिन लाग्ने (दिउसेडि) मेला आज सम्पन्न भएको मेला ब्यवस्थापन समिति अध्यक्ष बिर धनाडी (सोराडी)ले जानकारी दिए।
मेला शान्त, सभ्य, भब्य र मर्यादीत तवरले सम्पन्न भएको जनाईएको छ। मेलामा दर्शन र पुजापाठ गर्न नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुगेको मेला ब्यवस्थापन समिति सचिब तपेन्द्र सिह धनाडीले जानकारी दिए।
मेलामा तल्लो स्वराडका तिन पालिका लगायत जिल्लाका अन्य पालिकाबाट समेत देउराहरु आएको जनाईएको छ। स्थानिय भाषामा (शिबनाथकि जाँत) भनेर चिनिने मेलाको रौनकता र मौलिकतामा भने कमि आएको मशसुस गरिएको छ। मेलामा देखिने गरेको पहिले–पहिलेको जस्तो रौनक भने नरहेको मेलामा भेटिएको दर्शनार्थीहरुले बताए। कोरोना कहर पछि मेलाहरुको रौनकता आधा घटेको स्थानियहरुको भनाई रहेको छ। आजभोलीका मेलामा मान्छेहरुको उपस्थिति र मौलिकता घटेको स्थानिय सस्कृतिका जानकारहरुको भनाई रहेको छ।
पहिलेका मेलामा स्थानिय स्तरमै उत्पादन भएका बिभिन्न समानहरु, फलफुलहरु, खानेकुराहरु देख्न र किन्न पाईन्थ्यो तर आजभोली कतिकतै बाहेक देखिनै छोडेको मेलामा भेटिएका बुढापाकाले भने,“ कहि कतै फाटफुट देखिए पनि तिनिहरुको खासै कारोबार नहुने गरेको उनिहरुले बताए।”
मेलामा खेलिने भकुण्डो (स्थानिय भाषामा गिर भनेर चिनिने) खेल्नमा मान्छेहरुको उत्सुक्ता घटेको पाइएको छ। गिर खेल्ने भन्दापनि हेर्नमा रुचि राख्नेको सख्या अत्याधिक रहेको थियो। गिर खेल्नेहरुलाई पनि खासै चासो नदेखिएको बिभिन्न ब्यक्तिहरुले बताए। पहिलेको तुलनामा आधा भन्दापनि बढि रौनकता हराएको जनाईएको छ।
यसैगरी मेलामा लगाउने पुराना दिनको पहिरनमा पनि कमि आएको छ। आधुनिक जमानाका कपडाको तिब्र बिकासका कारण पुराना दिनको पहिरनमा कमि आएको कतिपयको भनाई रहेको छ। मेलामा देखिने स्थानिय परिकारमा पनि कमि आएको देखिन्छ। स्थानिय भाषामा माडा, छाच हालेको चोतो, सेल पुरी जस्ता परिकारको पनि प्रयोग/सेवनमा निकै कमि आएको छ। जङ्गफुड, चाना, चाउचाउ, चाउमिन र दालभात मेलामै पाईन थालेपछि स्थानिय परिकारहरु लोप हुन थालेको बृद्धबृद्धाहरुको भनाई रहेको छ।
मेला शान्त मर्यादित तवरले सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई मेला ब्यस्थापन समितिले हार्दिक धन्यबाद ज्ञापन गरेको छ।