तीन पूर्व प्रधानमन्त्री संग डेउडा आइडल टिमले गर्यो भेटघाट तथा छलफल

देउडा सांस्कृतिक मञ्च नेपालको आयोजनामा हुन गइरहेको डेउडा आइडल को टिमले तीन पूर्व प्रधानमन्त्रीहरु संग भेटघाट तथा छलफल गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष महेश कुमार औजीको नेतृत्वमा अन्य पदाधिकारी सहित बोर्ड टिमले आईतबार पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र ने कपा एकीकृत समाजवादीका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल संग भेटघाट तथा छलफल गरेका हुन् ।

भेटमा पूर्व प्रधानमन्त्री चन्दले भने ।म यो खबरले अत्यन्तै हर्षित भए , संस्कृति रहे समाज रहन्छ यसलाई पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो । आफू साहित्य लेखनमा रुचि राख्ने र गीत संगीत मन पराउने भएकाले डेउडा आइडल भित्र हाम्रो संस्कृति झल्काउने खालको प्रस्तुति सँगै , प्रदर्शन पनि गरिनु पर्ने सुझाव दिन्छु , उनले भने मेरो सुभेक्षा र साथ सहयोग पूर्ण रुपमा रहनेछ यहाँहरुलाई शुभकामना छ । उनले विसर्जन ९कथासङ्ग्रह० नामक ग्रन्थका लागि वि.सं. २०५४ को मदन पुरस्कार प्राप्त गरेका थिए।उनी वि।सं। २०४०, विसं २०४६, वि.सं. २०५३ र वि.सं. २०५८ मा गरि चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए।

डेउडा आइडल प्रति देउवाको धारणा 
डेउडा आइडल आयोजना प्रति पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले खुसी व्यक्त गरेका छन् ।
आईतबार आइडल टिम संगको भेटमा उनले भने म पश्चिमको प्रतिनिधित्व गर्दै देशको नेतृत्व गर्दै गर्दा आफ्नो संस्कृति जोगाउन र पश्चिमको पहिचान स्थापित गर्न मैले खेल्नु पर्ने भूमिकामा कुनै कसुर बाँकी राख्दिन , यो डेउडा आइडल पश्चिमको लागि मात्र नभई राष्ट्रिय , अन्तर्राष्ट्रिय स्तरका लागि कोसेढुङ्गा सावित हुने छ । स्थानिय सरकार , प्रदेश सरकार र केन्द्र सरकारको पनि यसमा चासो र चिन्ता हुनु पर्नेमा जोड दिए । डेउडा आइडल सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न समेत उनको अपील छ ।।

गीत संगीतले कुनै भूगोल र सिमाना छेक्दैन । पूर्व प्रधानमन्त्री तथा नेकपा एस का अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गीत संगीतले कुनै भूगोल र सिमाना नछेक्ने बताएका  छन । आईतबार डेउडा आइडलको टिम संग भेटघाट तथा छलफलका क्रममा उनले आफ्नो गाउँ समाजमा कला प्रतिभा भएका व्यक्ति र लोप हुनै लागेका संस्कृतिहरू जोगाउन तथा बचाउन हाम्रो दायित्व भएको भन्दै , कुनै धर्म , जातजाति , रहनसहनले नभई कला प्रतिभा भएका व्यक्तिहरूले सही स्थान पाउनु पर्ने बताए । उनले भने, सुदूरपश्चिम र कर्णाली प्रदेश भित्र विभिन्न जातजातिका थरी थरीका संस्कृति छन् , म आफूलाई पनि डेउडा गीत मन पर्छ , कलाकार र स्रस्टा मन पराउँछु , तपाईहरुलाई शुभकामना छ यो कदम प्रति उच्च सम्मान छ ।
देउडा सांस्कृतिक मञ्च नेपालले यस अघि सुदुरपश्चिम र कर्णाली प्रदेशका मुख्यमंत्रीद्धय कमल बहादुर शाह र राजकुमार शर्मा तथा अन्य दुवै प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु संग पहिलो चरणको छलफल तथा भेटघाट सम्पन्न भएको छ डेउडा आइडल सभ्य र भव्य रूपमा सम्पन्न गर्न सुदुरपश्चिम र कर्णाली प्रदेशमा छुट्टा छुट्टै प्रदेश समिति र प्रत्येक जिल्लाहरुमा जिल्ला संयोजक तोकेर काम अगाडि बढी रहेको मञ्चका अध्यक्ष औजीले जानकारी दिएका छन् । अब छिट्टै दोश्रो पटक पत्रकार सम्मेलन गरी आगामी योजना जानकारी गराइने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.