ईस्वी संवतको नयाँ वर्ष शुरु, पर्यटकीय ठाउँमा विशेष कार्यक्रम

ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ। सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ।

ईस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन्। विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन्।

हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।

Leave A Reply

Your email address will not be published.