बैतडी । शिबनाथ गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माबि शर्मालीले हात पारेको छ। नागार्जुन माबिकै प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिताको उपाधि नागार्जुन माबिले हात पारेको छ।
नागार्जुन माबि शर्मालीले १२ स्वर्ण र ८ रजत सहित उपाधि हात पारेको प्रदेश रेफ्रि किशोर सिह नेगीले जानकारी दिए। यसैगरी ७ स्वर्ण, ५ रजत र ४ कास्य पदक सहित हिरापुर माबि बसेडिभ्वा दोस्रो र ३ स्वर्ण र ५ कास्य पदक सहित पिपलकोट माबि लोजनी तेस्रो भएको प्रदेश रेफ्रि नेगीले बताए।
यसैगरी उत्कृष्ठ मार्च पासमा शारदा माबि मटेला र अनुशासनमा शिबपूर्ण माबि लामाखालिलाई छनौट गरिएको छ। आज भएको खेलमा उत्कृष्ठ एथिलेटिक्स छात्रमा हिरापुर माबि बसेडिभ्वाका जनक दयाल र छात्रामा नागार्जुन माबि शर्मालीकि अञ्जु साउद प्रथम भएकि छिन।
उत्कृष्ठ स्पाईकरमा छात्रा तर्फ सरिता चन्द र छात्र तर्फ दिपक महता प्रथम भएका छन। भलिबल अन्र्तगत छात्रा तर्फ हिरापुर माबि बसेडिभ्वा प्रथम, नागार्जुन माबि शर्माली द्धितीय र पिपलकोट माबि लोजनी तृतीय भएको जनाईएको छ। छात्र तर्फ नागार्जुन माबि शर्माली प्रथम, पिपलकोट माबि लोजनी द्धित्तिय र चन्द्रदेबल माबि सोल्पला तृतीय भएको प्रदेश रेफ्रि नेगीले जानकारी दिए।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको थियो। प्रतियोगितामा पालिका भरीका ८ माध्यमिक बिद्यालयहरुको सहभागि भएका थिए।