मेलौलीमा शुरु भयो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरि प्रतियोगिता सञ्चालन भएको हो।

मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको अध्यक्षता र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ। पानसमा दियो बालेर प्रतियोगितको उद्घाटन गरिएको नगर खेलकुद बिकास समिति अध्यक्ष शंकर भण्डारी (सागर)ले जानकारी दिए।

प्रतियोगितामा नगरपालिकाभरीका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन रहने छ।

Leave A Reply

Your email address will not be published.