दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस किम्तडीमा दुर्घटना, १४ जना घाइते

दार्चुला-दार्चुलाबाट महेन्द्रनगरका लागी छुटेको महाकाली यातायातको दिवा वस ९डे बस० महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडी स्थित फोहोर संकलन केन्द्र नजिकै दुर्घटना भएको छ ।

दार्चुला सदरमुकाम खलंगाबाट विहान ५ः३० बजे महेन्द्रनगरको लागी छुटेको महाकाली यातायातको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चालक सहित बसमा सवार १४ जना यात्रुहरु घाईते भएको र घाइते सबैलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताउनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

चालक समेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

Leave A Reply

Your email address will not be published.